‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर

नयाँ बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार जोडिने क्रम जारी रहेको छ । यसैबीच फिल्ममा मुख्य भिलेनको भूमिकामा मुरलीधरलाई अनुबन्ध गरिएको छ ।
दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ का कारण अहिले चर्चामा रहेका मुरलिधरसँग फिल्मका निर्माता सरोज वलीले लिखित सम्झौता गरेका हुन् ।
मुरलीधरले २०७२ मा आएको ‘भैरव’पछि करिब ८ वर्ष कुनै फिल्ममा काम गरेका थिएनन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’ बाट कमब्याक गरेका उनले ‘१२ गाउँ’ मा काम मुख्य भिलेनको रुपमा काम गरेका थिए ।
दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश र मुरलीधरसँगै प्रकाश सपूत, स्वस्तिमा खड्का र प्रियंका कार्की पनि जोडिइसकेका छन् । यस फिल्ममा पटकथा तथा संवाद लेखन हरिवंश आचार्य स्वयंको छ । यो फिल्म माघ दोस्रो साताबाट छायांकन जाने निर्माताले बताएका छन्

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया