आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

डोल्पा - आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरेकी छिन् । उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन् । ठुलीभेरी नगरपालिका-३ दुनै बजारकी थापाले भनिन्, “मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो । उपचारका लागि नेपालगञ्ज जान पनि समस्या थियो, नजिकै उपचारको व्यवस्था थिएन ।”

जिल्ला अस्पतालले गरेको आँखाको निःशुल्क शल्यक्रिया शिविर उनका लागि बरदान बनेर आयो । जिल्ला अस्पताल डोल्पामा गत कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरबाट लाभान्वित हुनुभएकी उनले सुनाइन्,“हल्ला सुनेपछि अस्पताल गएर सोधेँ, डाक्टरले यतै शिविर बस्दैछ भन्नुभयो । शिविर बस्यो, आँखाको शल्यक्रिया भयो, खर्च बच्यो । त्योभन्दा बढी छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु ।” 

उनी मात्रै होइन शिविरबाट अन्य ३१ जनाले पनि आँखाको ज्योति पाएका छन् । आँखाको निःशुल्क शल्यक्रिया भएपछि काइके गाउँपालिका-५ बस्ने ६० वर्षीया पेम्बा लामु रोकाया र ठूलीभेरी नगरपालिका–८ बस्ने ५१ वर्षीया कृष्णचन्द शाही पनि निकै खुसी छिन् । “गाउँबाट टाढा गएर उपचार गर्न जान समस्या छ । आर्थिक जोहो गर्न पनि सकिदैन तर आफ्नै जिल्लामा निःशुल्क उपचार पायौँ । त्यसैमा हामीलाई त डाक्टरसापले रु पाँच/पाँच हजार पनि दिनुभयो । योभन्दा अरु खुसी के होला”, दुवै जनाले एकैस्वरमा भने ।  आँखा विशेषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आर्थिक रूपमा विपन्न रोकाया र शाहीलाई आर्थिक सहयोग गरेका हुन् । 

नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम  लुम्बिनी, नेत्रज्योति संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आर्थिक तथा प्रविधिक सहयोगमा निःशुल्क आँखा मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो । 
 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल