उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौँ- मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ ।
आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गर्ने छ । त्यस्तै बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।
यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो ।
अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो ।

पूर्वाधार निर्माण माओवादीको उच्च प्राथमिकतामा

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

प्रतिक्रिया