‘अर्को पार्टीको सांसद लिएर प्रधानमन्त्री बन्न जानु बौद्धिक अपहरण हो’

काठमाडौँ : अधिवक्ता भोजराज आचार्यले अर्को पार्टीको सांसद लिएर प्रधानमन्त्री बन्न जानु बौद्धिक अपहरण भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने क्रममा अधिवक्ता आचार्यले अरु पार्टीको सांसद लिएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न जानु बौद्धिक अपहरण भएको बताए ।
‘७६(५) अनुसार अन्य दलको सांसद लिएर दाबी गर्नु,अर्को पार्टीको सांसदहरू लिएर प्रम बन्न जानू बौद्विक अपहरण हो’ उनले भने, ‘एमालेका व्यक्तिहरू
सुर्य चिन्ह लिएर अर्कोमा लगेर सुर्य चिन्हको ट्रेडमार्क र बौद्विकताको अपहरण गरियो ।’
व्यक्तिलाई मान्यता दिनु राजनीतिक सिद्वान्तविपरीत भएको पनि उनको टिप्पणी छ । यसका लागि चुनावमा जानु उत्तम विकल्प भएको उनको भनाइ थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया