कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा विरोध प्रदर्शन

काठमाडौँ - पहिचान पक्षधरहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।
आइतबार विराटनगरमा प्रदेश नं. १ पुन नामांकन संयुक्त संर्घष समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताइन् । उनले अहिले संविधान संशोधन गर्ने तयारी भइरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गरिन् । निर्वाचन वा आन्दोलनबाट मात्र प्रदेशको नाम परिवर्तन गर्न सकिने भएकाले प्रदेश सभामा दुई तिहाई मत ल्याएर पहिचान सहितको नाम राख्न सकिने उनको भनाइ छ ।
सो विरोध सभाअघि विराटनगरको बिजुली अफिस देखि महेन्द्र चोकसम्म प्रदर्शन गरिएको थियो । पहिचान पक्षधरहरूले यसअघि गरेको आन्दोलनका क्रममा झडप भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएको थियो ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_bzYk4B477K_ignlhjaolebgavxbgb7nv5xitxyntmhrt5g58fcr4qy9r1jwvk0h4rlsgwm1.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

प्रतिक्रिया