कीर्तिपुरमा क कसले गराए उम्मेदवारी दर्ता ?

काठमाडौँ - कीर्तिपुर नगरपालिकाको मयेर पदमा हुन लागेको उपनिर्वाचनमा लागि प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारीहरू परेका छन् ।
आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले, कांग्रेस, माओवाद, जसपा, राप्रपा, नेमकिपा लगायत दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका हुन् । जसअनुसार एमालेकातर्फबाट सुरेन्द्र मानन्धरले कीर्तिपुर नगरको मेयर पदममा उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै माओवादी केन्द्रका तर्फबाट प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट श्रीकृष्ण महर्जन र जनता समाजवादी पार्टी नेपाल (जसपा)का तर्फबाट तेस्रोलिंगी दीपक महर्जनले उम्मेदवारी दर्ता गराए ।
यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन र दिनेशकुमार अधिकारीले कीर्तिपुरको मेयर पदमा उम्मेदवारी दर्ता गराए ।
सो क्रममा मेयर पदका उम्मेदवारहरुले नगरलाई विकासको बाटोमा अघि बढाउँदै जनताका सेवामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्ष पदमा हुन लागेको वडाध्यक्ष पदमा समेत विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारी परेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया