झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ

झापा- झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी छन् ।
शनिबार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गंगालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
टाउकोमा रड प्रहार गरिएका माझीलाई राति नै बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकोमा उनको मृत्यु भएको थियो । घटना जानकारीमा आउने बित्तिकै खटिएको प्रहरी टोलीले राजवंशीलाई फलामको रडसहित पक्राउ गरेको केसीले बताए ।
घटनाको कारण पुरानो ‘रिसिइबी’ रहेको खुलेको छ। राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_bzYk4B477K_ignlhjaolebgavxbgb7nv5xitxyntmhrt5g58fcr4qy9r1jwvk0h4rlsgwm1.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

प्रतिक्रिया