कांग्रेसलाई बलियो बनाउन ग्रुपीजम न्यूनीकरण गरौं - उपप्रधानमन्त्री सिंह
मोरङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गर्नुपर्ने बताएका छन् । शनिबार जिल्ला कार्यसमिति मोरङले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको लागि मूल चुनौती रहेको बताए । उनले यसैगरि अब पार्टी नचल्ने भन्दै ग्रेसलाई बलियो बनाउन पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा जोड दिए ।
'पार्टी व्यवस्थापन नै कांग्रेसको चुनौती हो । ग्रुपिजम न्यूनिकरण गर्दै जानुपर्छ', कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने । पार्टीमा आफूले सँधै वरिष्ठतालाई मानेको भन्दै उनले १४ओैं महाधिवेशनमा वरिष्ठताकै आधारमा आफूले सभापति दाबी गर्दा पूर्वमान्यताबाट केही नेता विचलित भएको बताए । आफ्नो अनुकूल हुँदा वरिष्ठता भन्ने र प्रतिकूल हुँदा वरिष्ठता केही होइन भन्ने प्रवृत्ति १४ओैं महाधिवेशनमा देखिएको भन्दै उनले आफ्नो स्वभाव वरिष्ठतालाई सम्मान गर्ने र पार्टीमा सबैसँग मिलेर काम गर्ने रहेको प्रष्ट पारे । आउँदो महाधिवेशनमा के गर्ने भन्दा पनि पार्टी संगठनलाई कसरी बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहेको सिंहको भनाई थियो ।
उपप्रधानमन्त्री सिंहले ७ बुँदे सहमतिको जगमा वर्तमान सरकार बनेको भन्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै लागि सरकारले काम गरिरहेको बताए । कार्यक्रममा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, केन्द्रीय सदस्य डिला संग्रौलालगायतका नेता, कार्यकर्ता सहभागी थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया