भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने

आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा अनमोल केसी र दयाहाङ राई आमने सामने हुने भएका छन् । अनमोल र दयाहाङका फिल्म फागुन २ गते एकसाथ रिलिज हुने भएपछि दुवै सुपरस्टार आमने सामने हुने भएका हुन् ।
अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउने भएका छन् ।
शुक्रबार ‘दुःखी आत्मा’ले फागुन २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि दुवै सुपरस्टारको भिडन्त तय भएको हो ।
यसअघि ‘जेरी अन टप’ को निर्माण टिमले छायांकनमा जानुभन्दा अघि नै ‘भ्यालेन्टाइन डे’ को रिलिज मिति घोषणा गरेको थियो । अहिले यो फिल्म छायांकनमा रहेको छ । त्यस्तै ‘दुःखी आत्मा’ भने छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनमा रहेको छ ।
दयाहाङ र अनमोलबीच बक्स अफिसमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको भएपनि दुवै फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री आँचल शर्मालाई भने सकस हुने भएको छ ।
निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुःखी आत्मा’ मा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतको अभिनय छ ।
त्यस्तै फिल्म ‘जेरी अन टप’ मा अनमोलसँगै केदार घिमिरे (माग्ने बुढा), विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको अभिनय रहेको छ । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया