कम्पोष्ट मलले माटो बचाइँदै

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ ।
पशुपति क्षेत्र विकास कोषले निःशुल्क दिएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मीहरूको समूहले सडकमा छाडिएका बेवारिसे गाईबाच्छा जम्मा गरी आश्रय दिएका छन् । बेबारिसे गाईबाच्छाको संरक्षणका लागि गुइँठा र कम्पोष्ट मल बिक्रीबाट जम्मा हुने रकमबाट पनि सहयोग पुगेको अभियानकर्मी भगवान् पुडासैनीले बताए ।
गोठाटारमा हाल करिब दुई सय गाईबाच्छा संरक्षण गरिँदै आएको छ । बेवारिसे गाईबाच्छा संरक्षण अभियानलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क पशु एम्बुलेन्स उपलब्ध गराएपछि सडकबाट बेबारिसे गाईबाच्छाको उद्धारमा पनि सहयोग पुगेको छ ।
बेवारिसे गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र छोडिएका गाईबाछाको उद्धारमात्र गरिरहेको छैन, माटो बचाउ अभियानलाई समेत योगदान पुर्याइरहेको छ । उच्चस्तरीय कम्पोष्ट मलको उत्पादन र बिक्री वितरण पनि गर्दै आइरहेको छ । यसका साथै गोबरबाट गुइँठा उत्पादन गर्दै बिक्री वितरण गरिरहेको पनि उनले सुनाए ।
प्रतिगुइँठा १० को रु एक सय तथा मल प्रतिकेजी रु २५ मा बिक्री भइरहेको छ । यसबाट प्राप्त हुने रकमबाट गाईबाच्छाको संरक्षणमा थोरै भए पनि योगदान पुगेको स्थापनाकालदेखि गाई गोठको संयोजन गर्दै आउनुभएका अभियानकर्मी उत्तम पुडासैनीले बताए । अभियानले गुइँठा र कम्पोष्ट मलको आवश्यकता पर्नेलाई घरमै लगिदिने व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।
गुइँठाको धुवाँले प्रकृति विनाश गर्दैन, डेङ्गीबाट बच्न र बचाउन घर परिसरमा गुइँठा बाल्नु उपयुक्त हुन्छ भने कौशीखेती वा करेसाबारीका लागि अग्र्यानिक मल प्रयोग गर्दा विषादीरहित अग्र्यानिक उत्पादन हुने गरेको जनाइएको छ । रासस

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया