प्रथम नेपाल चिकित्सक सङ्घ खेलकुद प्रतियोगिता हुने

नेपाल चिकित्सक सङ्घको आयोजनामा प्रथम नेपाल चिकित्सक सङ्घ (एनएमए) खेलकुद प्रतियोगिता हुने भएको छ ।
एनएमएका महासचिव डा सञ्जीव तिवारीले आज एक विज्ञप्ति जारी गरी चितवनको भरतपुरस्थित काशी खेल तथा मनोरञ्जन केन्द्रमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो । यही कात्तिक ३० र मङ्सिर १ गते हुने उक्त प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस तथा पौडीलगायतका खेल हुनेछन् ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन तथा मनोरञ्जनका लागि प्रोत्साहित गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यकाैशलतामा सहयोग पुग्ने सङ्घले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सङ्घले अनुरोध गरेको छ । रासस

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया