काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने

नेपाली काँग्रेस कैलालीले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका कुमारी चौधरी (भुल) लाई उम्मेदवार बनाउन प्रदेश समितिमा सिफारिस गरेको छ ।
आज बसेको बैठकले प्रमुख पदमा उम्मेद्वार बनाउन कैलारी गाउँपालिकाकी वडा सदस्य चौधरीको नाम सिफारिस गरेको हो। उनी कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
कार्यसमितिको बैठकले उनको एकल नाम सिफारिस गरेको जिल्ला सचिव केशव मिश्रले जानकारी दिए। २०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय समिति चलिरहेको थियो ।
यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिको मतदान गर्न पाउने छन् । समन्वय समितिको निर्वाचन मंसिर १६ गते हुँदैछ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया