शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

जुवाको खालबाट ६ लाख नगदसहित १३ जना पक्राउ

सांकेतिक तस्बिर

तनहुँ- शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् । 

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो ।

खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरूमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।