शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ- भारतीय पुर्व ओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
कर्णाली याक्सले ३८ बर्षिय भारतीय पुर्व खेलाडी धवनलाई भित्र्याएको हो । धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन् । धवनले गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० खेलेका धवनले आइपिएल टिम पञ्जाव किंग्सको कप्तानी पनि गरेका थिए । उनले आइपिएलमा पञ्जाव किंग्ससहित डेकन चार्जर्स, मुम्बई इण्डियन्स दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबाट खेलेका थिए ।
उनले भारतकालागि अन्तिम खेल २०२२ को डिसेम्बरमा खेलेका थिए ।
सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले यसअघि पाकिस्तानका अल राउण्डर हुसैन टलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पहिलो नेपाल प्रिमियर लिग आगामी मङ्सिर १५ देखि पुस ६ सम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुदै छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया