पहिरोले मुग्लिन-नारायणगढसँगै १४ ठाउँमा सडक अवरुद्ध
काठमाडौँ : पहिरोका कारण नारायणगढ मुग्निल सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको चारकिलो र पाँचकिलोमा पहिरो जाँदा मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध भएको हो । यसअघि हिजो पनि पहिरोका कारण यो सडक बन्द भएको थियो ।
यस्तै मुग्निलसँगै विभिन्न १४ ठाँउमा सडक अवरुद्ध भइरहेको सडक विभागले जनाएको छ । पहिरोले भीमफेदी–कुलेखानी, ठोरी–भरतपुर–मुग्लिन सडक अवरुद्ध छ । यस्तै आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट–सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि पहिरोले गर्दा अवरुद्ध छ ।
मनाङको चामे–बेसीसहर सडक खण्ड पनि पहिरोले अवरुद्ध छ । गएराती भारी वर्षा भएपछि ठाउँ ठाउँमा पहिरो जानुका साथै सडक अवरु भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया