बलिउड फिल्म बाजिगरको सिक्वेल बन्ने

काठमाडौँ- बलिउडका किङखान शाहरूख खानको सुपरहिट फिल्म बाजिगरको सिक्वेल बन्ने भएको छ ।
बाजीगरका निर्माता रतन जैनले ‘बाजीगर’को सिक्वेलका लागि आफूले शाहरूखसँग छलफलमा रहेको पुष्टि गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
हालसम्म निर्माताले कुनै स्क्रिप्ट अर्थात योजना प्रस्तुत नगरेको तर सिक्वेल बनाउने आइडियामा छलफल भइरहेको रिपोर्टमा उय्ल्लेख छ । यस फिल्ममा शाहरूख खान फेरि एकपटक मुख्य भूमिकामा देखिनेछन् ।
ओरिजिनल बाजीगर फिल्ममा अन्याय नहोस् र फ्यानले सिक्वेल पनि मन पराउनका लागि यो फिल्मको लागि राम्रो स्क्रिप्ट ल्याउने निर्माता जैनले बताएका छन् । रतन जैनले पटकथासँगै सिक्वेललाई पनि नयाँ दिशा चाहिने बताए ।
बाजीगरको सिक्वेलको बारेमा कुरा गर्दै निर्माता रतन जैनले भनेका छन्- बाजीगर २ को लागि हामीले शाहरूखसँग कुरा गरेका छौं । हामी अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौं, तर यो अवश्य बनाइनेछ । निर्माताको यो भनाइ सुनेर दर्शकले छक्क पर्नुहोला।' बाजीगर सन् १९९३ मा रिलिज भएको थियो । फिल्मलाई अब्बास–मस्तानले निर्देशन गरेका थिए ।
रिपोर्टहरू विश्वास गर्ने हो भने, यो फिल्म सबैभन्दा पहिले अनिल कपूरलाई अफर गरिएको थियो । यद्यपि, अनिल कपुरले मिति र समय तालिकाको कारणले यसलाई अस्वीकार गरे, त्यो समयमा अनिल कपुर रूप रानी चोरोंका राजा गर्दै थिए । त्यसपछि यो फिल्म सलमान खानलाई अफर भयो तर उनका बुबा सलीम खानलाई स्क्रिप्ट मन परेन र अन्ततः यो फिल्म शाहरूख खानलाई अफर गरिएको थियो ।

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

प्रतिक्रिया