सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्वश्रीमतीमाथि अनुसन्धान गर्न माग

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफुलाई सहकरी ठग भनिएकोप्रति आपत्ति जनाउँदै आफ्नी पुर्वश्रीमती ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।
गुरुङले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानिबन गर्नसक्ने उल्लेख गरेका छन् ।
गुरुङले आफू जस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरूमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले आफ्नी पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भएपनि झिकाई अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया