शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै

काठमाडौँ- नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ । 

दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो ३:१५ बजेदेखि शुरु हुँदैछ ।

प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमाप अरजित गरेर शीर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।