दोस्रो जितसँगै एकदिवसीय सिरिज इंगल्यान्डलाई
पाँच विकेट लिएका कुरान प्लेयर अफ दी म्याच
काठमाडौँ : दोस्रो एकदिवसीय क्रिकेटमा इंगल्यान्डले श्रीलंकालाई हराएको छ । बिहीबार राती भएको खेलमा इंगल्यान्डले पाहुना टोली श्रीलंकालाई ८ विकेटले हराएको हो ।
ओभल मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो । श्रीलंकालाई मध्यम स्कोरमा रोक्न इंगल्यान्डका युवा बलर साम कुरानले ५ विकेट लिएका थिए । पाँच विकेट लिएका कुरान प्लेयर अफ दी म्याच पनि बने ।
जवाफी ब्याटिङ गरेको इंगल्यान्डले ४३ ओभरमै दुई विकेट गुमाएर २४२ रनको लक्ष्य भेट्टायो । उसका लागि कप्तान इयोन मोर्गनले नटआउट ७५ रनको योगदान दिए । दोस्रो एकदिवसीय जितसँगै इंगल्यान्डले तीन खेलको सिरिज पनि हात पारेको छ । अब तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार ब्रिस्टोलमा हुनेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया