सुर्खेतमा बढ्यो आत्महत्या, रक्सी र लागूऔषध नियन्त्रणमा प्रहरीको ध्यान

सुर्खेत : पछिल्लो चार वर्षमा सुर्खेतमा अपराधका घटनाहरु घट्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा जिल्लामा दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ९६,२०७५/०७६ मा ६ सय ९६ वटा घटना घटेका छन् । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७/०७८ को हालसम्म पाँच सय २० वटा विभिन्न प्रकारका अपराधिक घटना घटेका छन् ।
सबैभन्दा बढी आत्महत्याका घटना रहेका छन् । प्रहरी कार्यालयको तथ्यांक अनुसार आत्महत्याका चार सय ३३ वटा घटना घटेका छन् । जसमा सबैभन्दा धेरै सामाजिक अपराध र आत्महत्याका घटना बढी छन् । प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को हालसम्म सामाजिक अपराध सम्बन्धि ५ सय २२, महिला तथा बालबालिका सम्बन्धि ४ सय १५, ज्यान सम्बन्धि तीन सय ५७ वटा घटना घटेका छन् । त्यसैगरी चोरी सम्बन्धि १ सय ११, संगठिक तथा आर्थिक अपराध सम्बन्धि ३ सय १४, सवारी सम्बन्धि १ सय ३८ र अन्य ४३ वटा अपराधका घटना घटेका छन् ।
लागुऔषध र मदिरा नियन्त्रण गर्छु : एसपी विष्ट
यसैबीच भर्खरै मात्र सुर्खेतमा सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख पदमबहादुर विष्टले जिल्लामा लागुऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बिहीवार वीरेन्द्रनगरमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा कार्यालय प्रमुख विष्टले समाजमा हुने आपधाधिक घटनाको मुख्य कारण मदिरा र लागुऔषध भएकाले यसको नियन्त्रणमा लाग्ने बताए ।
‘समुदायमा सबैभन्दा बढी अपराधका घटनाहरु नै मदिरा र लागुऔषधको कारणले गर्दा भएको देखिन्छ’ विष्टले भने, ‘त्यसैले यसलाई नै पहिलो निशानामा राखेर काम गर्छु ।’ लागुऔषका कारण नै चोरीका घटनाहरु बढेको विष्टले बताए । त्यसैगरी मदिराका कारण हिंसाका घटनाहरु बढेको भन्दै यसलाई नियन्त्रण गर्नु सबैको दायित्व रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्ती, अनुसन्धान अधिकृत कनकबहादुर शाहीको सहभागिता रहेको थियो ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया