दीपक मनाङेलाई जिल्ला अदालतमा पेस, आजै कारागार चलान हुने

काठमाडौँ - पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
मंगलबार काठमाडौँको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो लागिएको थियो ।
मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट अदालतमा उपस्थित गराइएको छ । त्यसपश्चात उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।
गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । मनाङेले मुद्दामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २६ महिना जेल बस्नुपर्ने भएको छ । यसका साथै उनको प्रदेश सांसद पद पनि जाने भएको छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया