बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

बयानका लागि पूर्वगृहमन्त्री रविलाई कास्कीबाट रुपन्देही लगिँदै

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज बयानका लागि कास्कीबाट रुपन्देही लगिँदै छ ।

प्रहरीले बिहान ५:४० मा लामिछानेलाई एयरपोर्ट पुर्‍याए पनि हुस्सुका कारण उडान प्रभावित भएको छ । उनलाई एयरपोर्टमै राखिएको छ ।

सहकारी प्रकरणमा पक्राउ परेका उनलाई बयानका लागि रूपन्देही लैजान लागिएको हो ।