रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

रामपुर (पाल्पा)- मपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ ।
एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । रामपुरका तीन सय सात जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ ।
नगरपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको मथुरा ढकालले बताए । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँ, मकैलगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_EQaBtueIBC_ohna0ntccipxdxojxjxjzvz7btaedninxdkvy08tfggmmeaurnrz0xeaibo7.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

बारपाकको दलितबस्ती : बत्तीमुनिको अँध्यारो

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती
म्याग्दीमा पशुपालन गर्ने घट्दै

प्रतिक्रिया