उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन दिन्न : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् ।
सोमबार साँझ विराटनगर स्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने जानकारी दिए ।
उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिना पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे ।
उनले प्रदेशले अधिकार माग्ने भन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरे ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले एसपिपी सम्झौता बारे कुनै कुरै नभएको स्पष्ट पार्दै यसका विषयमा माओवादीले लगाएको आरोप सरकारबाट हट्नु परेको छटपटी मात्र भएको टिप्पणी गरे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया