साउनयता ६ सयभन्दा बढीमा स्क्रब टाइफस

चितवन - जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ सय छ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता तीन हजार दुई सय १७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये तीन सय छजना चितवनका हुन् भने तीन सयजना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका एक सय ४६ जना र सबैभन्दा कम माडी नगरपालिकाका आठजना रहेका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ३० जना, राप्ती र कालिका नगरपालिकाका २७/२७ जना र इच्छाकामना गाउँपालिकाका २३ जना रहेका छन् । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । साउनयता आएका बिरामीमध्ये तीन हजार दुई सय ८० जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । १० हजार ५७३ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गीको संक्रमण पुष्टि भएको हो ।
जसमध्ये दुई हजार पाँच सय २० जना चितवनका रहेका छन् भने सात सय ६० जना जिल्ला बाहिरका रहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ ।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया