उद्योगहरूले बिजुली प्रयोग गरेबापतको वक्यौता १५ दिनभित्र असुल गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले उद्योगहरूले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने उद्योगहरूले टिओडी मिटरका आधारमा महसुल निर्धारण तथा असुलीसम्बन्धी प्रचलित कानुनबमोजिम १५ दिनभित्र असुल गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले विद्युत महसुल विवादका कारण उद्योगीमा लाइन काटिँदा उत्पादन घट्न गएको र समग्र क्षेत्रमा असर परेकाले आपूर्ति बन्द गरिएका उद्योगहरूमा २४ घण्टाभित्र विद्युत लाइन जडान गर्ने निर्णय गरेको छ ।
औधोगिक क्षेत्रलाई असर पार्ने ढंगले विद्युत आपूर्ति गर्ने काम भएकाले काटिएका लाइन जोड्न निर्देशन दिएको र सरकार समस्या समाधान गर्ने ढंगले अघि बढेको सरकारका प्रवक्ता गुरुङले बताए । सरकारले गरेका निर्णय सबै निकायले कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको उनले बताए ।
त्यस्तै बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवाद समाधान गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय समेत गरेको उनले बताए ।
प्रवक्ता गुरुङले मुलुकका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सुशासन कायम गर्न सरकार अघि बढेको बताए । सामाजिक सद्भाव भड्काउने छुट कसैलाई नभएको भन्दै प्रवक्ता गुरुङले कानून विपरीत काम गर्ने कसैको पनि अनुहार नहेरि कारवाही गर्ने स्पष्ट पारे ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणकर लोहनीले पेश गरेको राजीनामा स्वीकृत गरेको छ भने भन्सार महसुल नियमावली २०८१ र राहदानी दोस्रो संशोधन नियमावली समेत स्वीकृत गरेको छ ।

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

प्रतिक्रिया