'हरिबहादुरको जुत्ता' मा प्रियंका कार्कीको इन्ट्री

काठमाडौँ- दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा प्रियंका कार्कीको इन्ट्री भएको छ ।
अभिनेताद्वय हरिवंश आचार्य, प्रकाश सपूत र मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्कापछि प्रियंकाको इन्ट्री भएको हो । फिल्मका निर्माता र निर्देशकले प्रियंकासँग कागजी सम्झौता गरेका छन् ।
प्राप्त जानकारी अनुसार यस फिल्ममा प्रियंकाको सहायक भूमिका हुनेछ । आफैं फिल्म निर्माणको तयारीमा समेत रहेकी प्रियंकाको निर्देशक खनालसँग यो चौंथो सहकार्य हुनेछ । यसअघि उनले खनालसँग ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा काम गरेकी थिइन् ।
फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्यको रहेको छ । फिल्मको छायांकन आगामी माघको दोस्रो सातादेखि काभ्रेमा हुने जनाइएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया