कवि तथा गीतकार दिनेश अधिकारीले दार्जिलिङको मिरिकमा सुनाए कविता

काठमाडौँ- भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत बुधबार सम्पन्न कार्यक्रममा कवि अधिकारीले विसं २०३६ देखि २०८१को अवधिमा लेखिएका करिब दुई दर्जन चर्चित कविता तथा गीत वाचन गरे ।
त्यस अवसरमा कवि अधिकारीले लेखनका सम्बन्धमा आफ्ना मान्यता र वाचित सिर्जनासँग जोडिएका प्रसङ्गहरु सुनाएका थिए।
आयोजक संस्थाका अध्यक्ष एवम् समालोचक राजबहादुर राईले समाज र जीवनका विविध पक्षमा लेखिएका कवि अधिकारीका कविता र गीत उत्कृष्ट रहेकाले विभिन्न भाषामा अनुवाद हुनुपर्ने आवश्यकता औँल्याए।
संस्थाकी सचिव शीला लामाले यस्ता कार्यक्रमले स्रष्टाको सम्मान र कृतिको ओज थपिने धारणा राखेकी थिइन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया