अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, २२ वर्षपछि जित्यो सिरिज

काठमाडौँ - पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।
आइतबार सम्पन्न सिरिजको तेस्रो खेल पाकिस्तानले ८ विकेटले जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो ।
अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ३१.५ ओभरमा अल आउट हुँदै १४० रन बनाएको थियो ।
सिरिजमा १-० ले पछि परेपछि पाकिस्तानले कमब्याक गर्दै पछिल्ला दुवै खेल जितेको हो ।
पाकिस्तानले अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा २२ बर्षपछि पराजित गरेको छ । पाकिस्तानले २००२ देखि अस्ट्रेलियामा कुनै एकदिवसीय सिरिज जित्न सकेको थिएन ।
अब पाकिस्तानले अस्ट्रेलियाविरुद्ध ३ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ । सिरिजको पहिलो खेल आगामी बिहीबार हुने छ ।

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया