राष्ट्रिय सहकारी विकास बोर्डमा ललितपुर महानगरले चलायो डोजर

काठमाडौँ - ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।
महानगरले ललितपुरको हरिहर भवनमा रहेको सहकारी बोर्डको पर्खाल डोजर लगाएर भत्काएको हो । २०७३ साल पुसमा नै तत्कालिन ललितपुर उपमहानगरपालीकाले सडक ओगटेर बनाएको मापदण्ड विपरीतको उक्त पर्खाल भत्काउने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध बोर्ड अदालत गएको थियो । अदालतले समेत उक्त संरचना मापदण्ड बिपरित रहेको ठहर गरेपछि महानगरले डोजर लगाएर पर्खाल भत्काएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
पर्खाल भत्काएसंगै उक्त स्थानमा सर्वसाधारणका लागि आवतजावत गर्न सडक खुल्ला हुने नगर प्रहरी प्रमुख हाछेथुले बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया