रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक निषेधका लागि पार्टी सभापति रवि लामिछानेविरुद्ध कारवाही गरिएको भन्दै दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी सभापति लामिछानेविरुद्ध गरिएको कारवाही राजनीतिक प्रतिशोध भएको र रास्वपालाई राजनीतिक निषेध गर्नका लागि फसाउने काम भएको भन्दै दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको रास्वपा सांसद सोविता गौतमले बताइन् ।
उनले राज्यको दमनकारी नीतिको विरोध र साझा मुद्दाहरूका विषयमा ध्यानाकर्षण गराउन दोस्रो चरणको आन्दोलन गर्न लागिएको बताइन् ।
रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन राज्यले रास्वपामाथि षडयन्त्र गरेको बैठकको ठहर रहेको उनले बताइन् ।
त्यस्तै बैठकले २०८० माघमा प्रधानमन्त्रीलाई बुझाएको सहकारी समस्या समाधान सम्बन्धी प्रतिवेदनलाई आधार मान्दै पीडितहरुको सरोकारलाई सम्बोधनका लागि पार्टीका सम्बन्धित पालिका संरचनाहरूले आफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरि कार्ययोजना बनाइ पीडितहरुको सरोकार बमोजिम बचत रकम फिर्ता गराउन दवावमूलक कार्यक्रमहरूको अगुवाइ गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध र संगठित भ्रष्टाचारका विरुद्ध जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया