सात बुँदे सहमतिअनुसार सरकारले काम गरेन : डा. शेखर

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
शनिबार काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोईरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुदेँ सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका हुन् ।
नेता कोईरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्वपुर्ण काम गर्ने गरी कांग्रेससंगको ७ बुदेँ सहमतिमा निर्माण भएको बताउदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए ।
संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए । कोईरालाले सात बुँदे सहमति कार्यान्वनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए ।
त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदनभण्डारी राजमार्गको विचमा निर्माण गरिएको शालिकको अनावरण गर्दै नेता कोईरालाले विपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराव कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया