आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल परेपछिको जारी आन्दोलन कमजोर बनाइएको भन्दै कार्यकर्ताले खबरदारी गरेका छन् ।
रास्वपाका कार्यकर्ताले पार्टी कार्यालय बनस्थलीमा प्लेकार्डसहित धर्ना दिदै नेताहरुलाई आन्दोलन जारी राख्न सचेत गराएका हुन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेका बेला कार्यकर्ताले आन्दोलनको विकल्प नरहेको भन्दै आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था आउन नदिन सचेत गराएका छन् ।
उनीहरुले पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले ठोस निर्णय लिन नसकेको भन्दै धर्ना दिएको बताएका छन् । रास्वपाले भावी रणनीति तय गर्न अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया