यशको 'टक्सिक'मा जोडिए हलिवुडका एक्सन निर्देशक जेजे पेरी

काठमाडौँ- कन्नड सुपरस्टार यश आफ्नो आगामी फिल्म ‘टक्सिक’ को कारण चर्चामा छन् । आगामी फिल्ममा उनी धमाकेदार एक्शनमा देखिनेछन् । यसका लागि विशेष तयारी भइरहेको छ ।
चर्चित हलिउड एक्सन निर्देशक तथा स्टन्टम्यान जेजे पेरी पनि टोलीमा सामेल भएका छन् । उनी यसै फिल्ममा काम गर्न मुम्बई पुगेका छन् । जेजे पेरीले एयरपोर्टमा पापाराजीसँग कुरा गर्दै भारत आएकोमा खुशी व्यक्त गरे ।
आफूहरु निकै उत्साहित रहेको समेत बताए । मिडिया रिपोर्टका अनुसार जेजे पेरी ‘टक्सिक’ को केही एक्शन फिल्मको सुटिङ गर्न आएका छन् । यी एक्शन सिक्वेन्सको सुटिङ मुम्बईमा हुनेछ । यशको फिल्म टक्सिकलाई गीतु मोहनदासले निर्देशन गर्दैछन् ।
टक्सिकमा यशका अलावा कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र श्रुति हसनको पनि अभिनय रहेको छ । फिल्मको रिलिज २०२५ को अप्रिल १० मा हुने बताइएको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया