पाकिस्तानको लाहोरमा प्रदूषणको कहर, विद्यालयसहित सार्वजनिक स्थानमा भेला हुन नपाइने

काठमाडौँ- पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ । यसका साथै नोभेम्बर १७ सम्म सबै विद्यालय र कलेज बन्द गरिएको छ ।
लाहोरमा विहिबार सहरको वायु गुणस्तर सूचक पनि एक हजारको खतरनाक स्तर नाघेको थियो भने शनिबार बिहानसम्म पनि वायु गुणस्तर सूचक ७२३ रहेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक स्थलमा अनावश्यक रूपमा बाहिर निस्कन निषेध गरेको छ ।
पञ्जाब सरकारले शुक्रबार जारी गरेको आदेशमा लाहोर, गुर्जनवाला, फैसलाबाद, मुल्तान, शेखुपुरा र अन्य १२ सहरहरूमा यो प्रतिबन्ध नोभेम्बर १७ सम्म लागू रहने बताइएको छ । सरकारले विद्यालय र कलेज बन्द गरिसकेको छ । लाहोर सहित १८ जिल्लाका सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ ।
पञ्जाब सरकारले गत हप्ता मात्र धुवाँको बारेमा चिन्ता व्यक्त गरेको थियो । यसबाहेक लाहोरका धेरै क्षेत्रमा ग्रीन लकडाउन पनि लागू गरिएको थियो ।
पाकिस्तानको पञ्जाब सरकारले गत वर्ष डिसेम्बर २०२३ मा यूएईको सहयोगमा धुवाँ नियन्त्रण गर्न एउटा प्रयोग गरेको थियो । विश्वको सबैभन्दा प्रदूषित सहर मध्येको एक लाहोरमा कृत्रिम वर्षा गराइएको थियो । यसमा क्लाउड सिडिङ प्रयोगका कारण करिब १० प्रतिशत क्षेत्रमा पानी परेको थियो । तर यो विकल्पले धेरै दिन काम गरेन र २–३ दिनपछि फेरी वायु प्रदूषणको स्तर बढेको थियो ।
पाकिस्तान सरकारले फेरि एक पटक कृत्रिम वर्षा दिने योजना बनाएको छ। तर लागत धेरै उच्च हुने अपेक्षा गरिएको छ ।

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया