रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ- आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।
बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, आगामी स्थानीय तहको उपनिर्वाचन, पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ । रास्वपाले राजनीतिक प्रतिशोधको आधारमा लामिछानेलाई पक्राउ गरिएको भन्दै जारी राखेको आन्दोलनको विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया