बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

जसपा सांसदको प्रष्टोक्ति : मेरा नेताहरू ओलीजीको जालमा फस्‍नुभयो

काठमाडौँ : राष्ट्रिय सभामा जनता समाजवादी पार्टीको तर्फबाट सम्बोधन गर्दै सांसद प्रमिला कुमारीले आफ्नो पार्टीका नेताहरू प्रधानमन्त्री केपी ओलीको जलमा फसेको बताएकी छन् । बिहीबार राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

नले भनिन्,‘मेरा आदरणीय नेताहरू प्रधानमन्त्री ओलीजीको झुठो आश्वासनको जालमा फस्नुभएको छ। उहाँहरुलाई त्यो छलकपट रुपी जालबाट बाहिर निस्किन र जनता समाजवादी पार्टीलाई बलियो बनाउन हार्दिक अनुरोध गर्दछु ।'