टर्किएबाट करिब चार हजार मानव तस्कर पक्राउ

अङ्कारा, टर्कीए- टर्कीएका सुरक्षा बलहरूले वर्षभरि मानव बेचबिखन सङ्गठनहरू विरुद्ध छ हजार ३३९ अभियानहरू सञ्चालन गरेको छ । उक्त अभियानको क्रममा तीन हजार ९२४ जना तस्करहरूलाई पक्राउ गरेको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले भनेका छन् ।
येर्लिकायाले विगत दुई हप्तामा देशव्यापी ४१ प्रान्तहरूमा सञ्चालन गरिएको ‘शिल्ड–२८’ अपरेसनमा मात्रै २५७ मानव तस्करहरू पक्राउ परेका बताए । “हाम्रो देशलाई अव्यवस्थित आप्रवासनका लागि लक्षित र ट्रान्जिट रुटमा परिणत गर्न खोज्ने तस्करहरूलाई कुनै ठाउँ नछोड्न हामी प्रतिबद्ध छौं ।”
टर्कीले युरोप, एसिया र मध्य पूर्व बीचको अद्वितीय भौगोलिक स्थानका कारण अवैध आप्रवासन व्यवस्थापनमा प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ ।
युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूका लागि टर्की महत्त्वपूर्ण ट्रान्जिट मार्ग मानिन्छ ।
टर्किए लामो समयदेखि द्वन्द्वग्रस्त क्षेत्रहरू विशेष गरी सिरिया र अफगानिस्तान अन्य क्षेत्रहरूका शरणार्थीहरूको लागि गन्तव्य र ट्रान्जिट बिन्दु भएको छ ।
हालैका वर्षहरूमा टर्किएले सीमा सुरक्षालाई तिब्र, कानुनी ढाँचालाई बलियो र मानव बेचबिखन गर्ने गिरोहहरूको बढ्दो गतिविधिलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग बढाएको छ । (सिन्ह्वा)

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया