विडारीको प्रश्न : अदालतको आदेश थाहा नपाउनेहरू मन्त्री कसरी भए ?
काठमाडौँ : राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले मन्त्रीमाथि प्रश्न उठाएका छन् । राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै विडारी मन्त्रीमाथि खनिएका हुन् ।
मन्त्री वसन्तकुमार नेम्वाङले अध्यादेश पेस गर्नै लाग्दा सांसद् विडारीले भने- 'यहाँ अध्यादेश पेस भयो भने सर्वोच्च अदालतले आजसम्म गरेका आदेशहरू बर्बाद हुन्छन् । अदालतको आदेश थाहा नपाउनेहरू मन्त्री कसरी भए ?'
राष्ट्रिय सभा अधिवेशनको पहिलो बैठकमै सरकारले ल्याएका अध्यादेश पेस गर्नुपर्ने कानुनी प्रावधान छ । तर, बिडारीले नागरिकता अध्यादेशको सन्दर्भ झिक्दै अध्यादेश पेस गर्न नहुने राय राखेका थिए ।
गत जेठ २७ गते सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया