हुन्डाई आयोनिक ५ इभी १०० किलोवाटमा पनि उपलब्ध हुने

हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध हुने भएको छ । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपलब्ध गराउने भएको हो । १०० किलोवाट क्षमताको आयोनिक ५ इभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो ।
आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले तीन सय ७५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दी इयर, विश्व इलेक्ट्रिक कार अफ दी इयर र विश्व कार डिजाइन अफ दी इयर जस्ता सम्मान प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडेलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड र पिक्सेल टेललाइटले लोभ्याउने कम्पनीको भनाइ छ । आयोनिक ५ इभीको मोटर पावर फरक भए पनि सो इभीले दिने रेन्ज र अन्य स्पेक भने एक सय २५ किलोवाटको जस्तै हुनेछ ।
करिब एक महिनाभित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै सोरुममा बुक गर्न सक्नेछन् ।
प्रिमियम फिचर, भविष्यउन्मुख डिजाइन र उत्कृष्ट रेन्ज दिने आयोनिक ५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई आठ सय भोल्ट इलेक्ट्रिकल आर्किटेक्चरमा तयार गरेको हो । आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने इभी हो । यसले तीन सय ५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्ने बताइएको छ ।

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …

प्रतिक्रिया