दीनानाथ शर्माको प्रश्न : संसद् विघटन गरेर 'गिनिज बुक'मा नाम लेखाउने हो कि ?
'हामीले न पार्टी जोगाउन सक्यौँ, न जनप्रतिनिधि संस्था जोगायौँ'

काठमाडौँ : माओवादी केन्द्र संसदीय दलको नेता दीनानाथ शर्माले सरकार र सत्तारुढ पार्टी पूर्ण रुपमा असफल भएको बताएका छन् । राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै बिहीबार शर्माले यस्तो बताएका हुन् ।
'मुलुकमा कोभिड महामारीको संकट छ । त्यो संकटभन्दा ठूलो संकट प्रतिगमनको संकट हो', सम्बोधनका क्रममा उनले भने,'हामीलाई सुरुमा दुई तिहाइको दम्भ देखायौँ । त्यसपछि हामीले न पार्टी जोगाउन सक्यौँ, न जनप्रतिनिधि संस्थालाई जोगाउन सक्यौँ । हामी असफल भयौँ ।'
सम्बोधनकै क्रममा शर्माले धेरै पटक संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजेकोसमेत टिप्पणी गरे । 'गिनिज बुकमा नाम लेखाउने कुरा हो कि, एउटै प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गरेको इतिहास छ कि ? अब तेस्रो पटक संसद् विघटन भयो भने गिनिज बुकमा नाम लेखिनेछ । नेपालको नाम उच्च हुनेछ । यसरी नेपालको नाम उच्च बनाउनु छैन ।'
साथै उनले अन्त्यमा भने,'राष्ट्रिय सभाको अधिवेशन सुरु भएको छ दुईचार दिनमा अन्त्य नहोस् ।'

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया