प्रशिक्षक मोरिन्होलाई प्रतिबन्ध र जरिवाना

काठमाडौँ- टर्किस क्लब फेनेरबाची स्पोर्ट्स क्लबका प्रशिक्षक जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना लगाइएको छ ।
टर्किस फुटबल फेडेरेसनले मोरिन्होलाई युरोपा लिग अन्तर्गतको खेलपछि रेफ्री बारे गरेको टिप्पणीका कारण एक खेलको प्रतिबन्ध लगाएको छ भने २० हजार युरो भन्दाबढी जरिवाना गरेको छ ।
आइतबार भएको टर्किस लिगको ट्राबजोनस्पोरविरुद्धको खेल फेनेरबाचीले ३-२ ले जितेको थियो । सो खेलपछि मोरिन्होले भार रेफ्री र पुरै रेफ्री टिमले पक्षपात गरेको आरोप लगाउदै यस्तो रेफ्री आफुहरुलाई स्वीकार्य नहुने बताएका थिए ।
मोरिन्होको आक्रामक टिप्पणीपछि फेडेरेसनले उनको टिप्पणी खेल भावना विपरित भएको भन्दै २० हजार १७८ युरो जरिवाना गरेको छ । त्यस्तै उनलाई अतिरिक्त १३ सय युरो समेत जरिवाना गरिएको फेडेरेसनले जनाएको छ । त्यस्तै उनलाई एक खेलमा ड्रेसिङ रुम र टचलाइनमा जान प्रतिबन्ध लगाइएको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया