शिक्षकलाई तलब खुवाउन देउसीभैलो

बाजुरा- जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ ।
विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट रु एक लाख सङ्कलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले जानकारी दिए । उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको जानकारी पनि उनले दिए ।
उक्त विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ ।
यसैबीच, बुढीनन्दा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख सन्तोष जोशीले नगरपालिकाले नगर स्वयंसेवक शिक्षक भर्नाका लागि विज्ञापन गरेको बताए । निजी स्रोतबाट सञ्चालन भएका विद्यालयमा नगर स्वयंसेवक परिचालन गरिने उनले बताए ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया