शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ- आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको छ ।

यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।