शाहरुखले पुरा गरे आफ्नो घर अगाडि ९५ दिनदेखि पर्खिरहेका फ्यानको सपना

काठमाडौँ - बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो ५९औं जन्मदिनमा फ्यानको सपना पूरा गर्दै उनलाई मन्नत भित्र बोलाएर भेटेको विषय अहिले चर्चामा रहेको छ ।
९५ दिनसम्म शाहरुखको घर मन्नतबाहिर पर्खिरहेका एक फ्यानले अन्ततः अभिनेताको जन्मदिनमा भाग्यमानी बन्दै शाहरुखलाई भेट गर्न पाएका हुन् ।त्यति मात्र होइन उनले आर्थिक सहयोग पाउनुको साथै शाहरुखले उनलाई घर भित्र बोलाएर सम्मान पनि गरेको बताइएको छ ।
यो फ्यानले झारखण्डदेखि मुम्बईसम्मको यात्रा गरी ९५ दिनसम्म मन्नत बाहिर क्याम्प बसाए, ताकि उनले शाहरुखलाई भेट्न सकून् । सुपरस्टारले नोभेम्बर २ मा आफ्नो ५९औं जन्मदिन मनाए, त्यसैले उनले शाहरुखलाई निम्तो र उनीसँग एक तस्वीर क्लिक गरेर प्रशंसकको इच्छा पूरा गर्ने निर्णय गरे । ति फ्यानलाई शाहरुखले मन्नत भित्र लगेर सम्मानका साथ व्यवहार गरेका थिए ।
ति फ्यानले भने, ‘शाहरुखले मलाई १० हजार रुपैयाँ पनि दिए र ४ हजार ७ सय रुपैयाँको पेट्रोल पनि भरिदिए । शाहरुखले कुरा गरे, फोटो खिचे र उनलाई बिदाइ गर्नु अघि उनले पानी र खाना उपलब्ध गराए ।'
शाहरुखलाई भेट्नुअघि फ्यानले आफ्नो आइडल हेर्ने चाहनाले कसरी आफ्नो बजेटमा असर पारेको खुलासा गरेका थिए । उनले भनेका थिए, 'नोक्सान भइरहेको छ, ठूलै नोक्सान भइरहेको छ, मैले के गर्ने ? भेट्नुपर्छ ।'
यसैबीच शाहरुखले सुरक्षाको कारण देखाउँदै आफ्नो जन्मदिनमा बाल्कनीबाट आफ्ना फ्यानहरूलाई शुभकामना दिएका थिए । नोभेम्बर २ मा मन्नत बाहिर भारी प्रहरी तैनाथ गरिएको थियो, र अभिनेता र उनको टोलीले उनको घरको सुरक्षामा रहेका प्रहरीहरूलाई खानाका प्याकेटहरू पनि पठाएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया