नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ- यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाएकी छन् भने साना प्रविनले २५ रन र ज्योत्सिका मरासिनीले २३ रन बनाएकी हुन् ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया