नेइमारलाई 'फापेन' अल हिलाल, यस सिजनमा लिगमा दर्ता नहुने !

काठमाडौँ- साउदी प्रो लिग क्लब अल हिलालले ब्राजिलियन सुपरस्टार नेइमारलाई यस सिजनको दोस्रो हाफमा पनि लिग खेलाडीको रुपमा दर्ता नगर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार अल हिलालले नेइमारलाई साउदी लिगमा दर्ता नगर्ने भएको हो । करिब एक वर्ष इन्जुरीका कारण मैदान बाहिर रहेका नेइमारलाई अल हिलालले यस सिजनमा लिग खेलाडीको रुपमा दर्ता गरेको थिएन ।
अहिले इन्जुरी ठिक भएपछि नेइमारले लिग बाहेकाका खेल खेलिरहेको भएपनि पछिल्लो एएफसी च्याम्पियन्स लिगको खेलमा फेरि घाइते भएपछि अब अल हिलालले नेइमारलाई किनारा गरेको हो । योसँगै नेइमार अब साउदी लिगबाट बाहिरिन सक्ने बताइएको छ ।
नेइमारले आगामी जनवरीको खेलाडी ट्रान्सफर विन्डोमै अल हिलाल छोड्न सक्ने बताइएको छ । अल हिलालले पनि आफ्नो जनवरीमा नेइमारसँग सहमतिमै सम्झौता भंग गर्न सक्ने बताइएको छ ।
अल हिलालमा नेइमारले आफ्नो भविष्य नदेखेपछि उनले अमेरिकन लिग सकर टिम इन्टर मियामीमा आआफ्नो सम्पर्क बढाएका छन् । उनले लियोनल मेसी र लुइस स्वरेजसँग पुनर्मिलन गर्ने प्रयास गरिरहेको बताइएको छ । नेइमारलाई इन्टर मियामीले स्वागत गर्ने भएपनि लिगको फाइनान्सियल नियम बाधक बन्न सक्ने बताइएको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया