रेड स्टारको पोस्टमा बार्सिलोनाको पाँच गोल

काठमाडौँ- बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत सर्बियाको क्लब रेड स्टार (सवेर्ना भेज्डा) माथि शानदार जित हासिल गरेको छ ।
गएराती भएको खेलमा बार्सिलोनाले रेड स्टारलाई ५-२ गोल अन्तरले जित हासिल गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने इनिगो मार्टिनेज, राफिन्हा र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
त्यस्तै रेड स्टारका लागि सिलास र मिलसनले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको ४ खेलमा ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी रेड स्टारले भने यस सिजनको च्याम्पियन्स लिगमा लगातार चार खेलमा हार बेहोरेको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया