‘माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन’

म्याग्दी - नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सुशासन बिनाको विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताए ।
“राजनीतिक उपलब्धिको रक्षा, सामाजिक न्याय र सुशासननै अहिलेको मुद्दा हुन्,” उनले भने, “भ्रष्टाचारको विरोधी अभियानलाई थप सशक्त बनाउन आवश्यक छ ।”
कानुन कार्यान्वयन र अनुसन्धानको विषयमा राज्यले पूर्वाग्राही व्यवहार देखाउन नहुने बताउँदै उहाँले भीड र हल्लाले न्यायसम्पादन प्रभावित पार्न नहुने विचार व्यक्त गरे ।
राष्ट्रियताको मुद्दा कमजोर हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वैदेशिक र आन्तरिक स्वार्थ समूहको हस्तक्षेपबाट टाढा रहनुपर्ने बताए । सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको स्पष्ट पार्दै महासचिव गुरुङले जनताका समस्या पहिचान र समाधानमा अग्रसर बन्न माओवादी नेता कार्यकर्तालाई निर्देशन दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया