इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसंघ समक्ष आव्हान

काठमाडौँ - इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसंघ समक्ष इजरायलमाथि हतियार प्रतिवन्धको आव्हान गरिएको छ ।
पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आव्हान आएको हो ।
इजिप्टको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानूनको निरन्तर उल्लङ्घन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो आह्वानमा सामेल भएको जनाएको छ ।
आर्यान्वयनले प्यालेस्टिनीविरुद्धको ‘इजरायली दमन रोक्ने र नागरिकहरूको सुरक्षा गर्ने लक्ष्य राखेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अङ्काराले इजरायललाई हतियार आपूर्ति रोक्न आव्हान गर्दै ५२ देशहरूले हस्ताक्षर गरेको पत्र पेस गरेपछि राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले सोमबार टर्कीलाई ‘यड्यन्त्र’ गरेको आरोप लगाएका छन् ।
इजिप्ट सन् १९९७ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गर्ने पहिलो अरब देश थियो भने सन् १९९४ हस्ताक्षर गर्दै शान्ति सन्धिमा सहमति जनाउने जोर्डन दोस्रो अरब मुलुक बनेको थियो ।

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया